१९१३ संक्रमित थपिए
पछिल्लो २४ घन्टामा देशभर एक हजार नाै सय १३ जनामा कोराना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या दुई लाख चार हजार दुई सय ४२ पुगेको छ । तीमध्ये एक लाख ६४ हजार पाँच सय ९२ जना निको भइसकेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म कोरोना संक्रमणबाट एक हजार एक सय ८९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा मात्रै १५ जनाको मृत्यु भएको उनले बताए । मन्त्रालयको तथ्यांकअनुसार अहिले तीन सय ७३ जनाको आइसियू र ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।