भारतमा घट्दै कोरोना संक्रमित, सक्रिय संक्रमित पाँच लाखभन्दा कम

बुधबार, २६ कार्तिक, २०७७
डिजिटल संस्करण

भारतमा बुधबार सक्रिय कोरोना संक्रमितको संख्या पाँच लाखभन्दा कम छ । यो संख्या पछिल्लो तीन महिनायताकै सबैभन्दा कम हो ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले गत १०६ दिनयता सक्रिय संक्रमित पाँच लाखभन्दा कम भएको बुधबार जनाएको छ । 

मन्त्रालयका अनुसार अहिले सक्रिय संक्रमित चार लाख ९४ हजार ६ सय ५७ जना छन् ।  

‘संक्रमित अवस्थामै रहेकाहरूको संख्या अहिले घट्दै जानु सुखद कुरा हो, भारतमा दैनिक संक्रमित हुनेको संख्यामा पनि कमी आएको छ,’ स्वास्थ्य मन्त्रालयले भनेको छ । 

भारतमा पछिल्लो २४ घन्टामा ४४ हजार दुई सय ८१ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म ८६ लाख ३६ हजार १२ जना संक्रमित भइसकेका छन् भने संक्रमणकै कारण एक लाख २७ हजार पाँच सय ७१ जनाको निधन भएको छ । 

सुझावित समाचार