कोरोना मिटर : आज थपिए २८ सय १७ जना संक्रमित

आइतबार, २३ कार्तिक, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर गरिएको परीक्षणमा थप २८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा १२ हजार तीन सय ११ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

आज थप भएकोसमेत देशभर हालसम्म संक्रमित हुनेको संंख्या एक लाख ९४ हजार चार सय ५३ पुगेको छ ।

संक्रमणमुक्त भई आज २८ सय १२ जना डिस्चार्ज भएका छन् ।

हालसम्म एक लाख ५७ हजार नौ सय २६ जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् । 

मन्त्रालयका अनुसार संक्रमित निको हुने दर ८१.१ प्रतिशत रहेको छ । 

हाल देशभर सक्रिय संक्रमित ३५ हजार चार सय १९ जना रहेको मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये तीन सय ९८ काे आइसियू र ८२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

See More On

सुझावित समाचार