धनकुटाका कोरोना संक्रमितको धरानमा निधन

आइतबार, २३ कार्तिक, २०७७
डिजिटल संस्करण

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार थप एकजना कोरोना संक्रमितको निधन भएको छ ।

प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत धनकुटा नगरपालिकानिवासी ७२ वर्षीय वृद्धको निधन भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

उनमा कात्तिक २० मा कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई शनिबार मात्र अस्पताल भर्ना गरिएको थियो । उनको आज दिउँसो करिब १ बजे निधन भएको प्रतिष्ठानले जनाएको छ । योसँगै प्रतिष्ठानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३ पुगेको छ ।
 

सुझावित समाचार