अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएकी छिन् ।
राष्ट्रपति भण्डारीले अमेरिकाको उपराष्ट्रपति पदमा निर्वाचित भएकी कमला ह्यारिसलाई पनि बधाई दिएकी छिन् ।
राष्ट्रपति भण्डारीले उनीहरूको कार्यकालमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास पनि व्यक्त गरेकी छिन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् ।