कोरोना मिटर : आज थपिए २७ सय ५३ जना संक्रमित

शनिबार, २२ कार्तिक, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर गरिएको परीक्षणमा थप २७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

याे अवधिमा १० हजार चार सय २३ जनाकाे नमुना परीक्षण गरिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

आज थप भएकोसमेत देशभर हालसम्म संक्रमित हुनेको संंख्या एक लाख ९१ हजार ६ सय ३६ पुगेको छ ।

संक्रमणमुक्त भई आज २२ सय ६ जना डिस्चार्ज भएका छन् ।

हालसम्म एक लाख ५५ हजार एक सय १४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् । 

मन्त्रालयका अनुसार संक्रमित निकाे हुने दर ८१ प्रतिशत रहेकाे छ । 

हाल देशभर सक्रिय संक्रमित ३५ हजार चार सय ३५ जना रहेको मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये तीन सय ६५ जनाको आइसियू र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार