कोरोनाबाट विश्वमा १२ लाख ४२ हजारभन्दा बढीको मृत्यु

शनिबार, २२ कार्तिक, २०७७
डिजिटल संस्करण

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरमा सुरु भएको कोरोना भाइरसबाट हालसम्म विश्वमा १२ लाख ४२ हजार एक सय ९४ जनाको मृत्यु भएकोे जोन्स हप्किङ विश्वविद्यायलले जानकारी दिएको छ । यस्तै कोरोनाबाट हालसम्म चार करोड ९२ लाख ५९ हजार चार सय ४३ व्यक्ति संक्रमित भइसकेका छन् । तीमध्ये तीन करोड ५० लाखभन्दा बढी कोरोनामुक्त भएका छन् ।  

संयुक्त राज्य अमेरिका हालसम्म सबैभन्दा बढी प्रभावित देश हो । यहाँ कोरोना भाइरसबाट दुई लाख ३६ हजार ६४ जनाको मृत्यु भएको छ । अमोरिकामा ९७ लाख ३३ हजार तीन सय ५९ जना कोरोना संक्रमित भएका छन् ।

अमेरिकापछि ब्राजिलमा एक लाख ६२ हजार १५ व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यहाँ ५६ लाख ३१ हजार एक सय ८१ जना संक्रमित छन् । भारतमा एक लाख २४ हजार नौ सय ५० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यहाँ ८४ लाख ११ हजार सात सय २४ जना संक्रमित भएका छन् ।

मेक्सिकोमा यस भाइरसका कारण ९४ हजार तीन सय २३ जनाको मृत्यु भएको छ भने नौ लाख ५५ हजार एक सय ३८ जना संक्रमित भएका छन् । बेलायतमा ४८ हजार पाँच सय ६५ जनाको मृत्यु भएको छ भने ११ लाख ४९ हजार सात सय ९१ जना संक्रमित भएका छन् । 

चीनमा कोरोना भाइरसबाट ८६ हजारभन्दा बढी व्यक्ति संक्रमित भए भने चार हजार ६ सय ३४ जनाको मृत्यु भएको थियो ।

सुझावित समाचार