बाँकेमा कोरोनाबाट हालसम्म ६३ जनाकाे निधन

शनिबार, २२ कार्तिक, २०७७
डिजिटल संस्करण

बाँकेमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म ६३ जनाको निधन भएको छ । 

जिल्लामा बसोवास गर्ने ३५ र बाहिरी जिल्लाबाट उपचारका क्रममा आई अस्पतालमा ज्यान गुमाएका २८ गरी ६३ जनाको निधन भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

कार्यालयका कोरोना स्रोतव्यक्ति नरेश श्रेष्ठका अनुसार लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका संक्रमित बिरामीसमेत उपचारका लागि शिक्षण अस्पताल कोहलपुर र नेपालगन्जस्थित भेरी अस्पतालमा प्रेषण हुने गरेकाले मृतकको संख्या बढ्दो रहेको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत दाङका एक कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका- १५ निवासी ५९ वर्षीय पुरुषको उपचारका क्रममा अस्पतालमै बिहान ५ः२५ बजे निधन भएको स्रोतव्यक्ति श्रेष्ठले जानकारी दिए ।

ती पुरुषलाई स्वास्थ्यमा समस्या भएपछि कात्तिक ६ मा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपचारको क्रममा कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि कात्तिक २० गते साँझ भेरी अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो । उनको भेरी अस्पतालको कोभिड आइसियूमा उपचारकै क्रममा निधन भएको हो ।

See More On

सुझावित समाचार