पाँडे र पौडेललाई भैरव पुरस्कार

बिहिबार, २० कार्तिक, २०७७
डिजिटल संस्करण

वर्ष २०७६/७७ को भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कार क्रमशः रामकुमार पाँँडे र राजाराम पौडेललाई प्रदान गरिने भएको छ । पाँडे चर्चित व्यंग्यकार हुन् । पौडेल हास्य कलाकारिता क्षेत्रमा स्थापित नाम हो । 

साहित्यकार विजय चालिसे संयोजक तथा वरिष्ठ समालोचक प्रा.डा.खगेन्द्र लुइँटेल र व्यंग्यकार लक्ष्मण गाम्नागे सदस्य रहको चयन समितिले पाँडे र पौडेललाई पुरस्कृत गर्ने निर्णय गरेको हो । भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कारको राशि क्रमश ः एक लाख र पचास हजार रुपैयाँ रहेको छ ।

हाल कोभिड–१९ को संक्रमण रहेकाले उपयुक्त अवस्था हेरेर पुरस्कार वितरण कार्यक्रम आयोजना गरिने भैरव पुरस्कार गुठीका सचिव वसन्त रिजालले जानकारी दिए ।

सुझावित समाचार