भुवनहरिको ३५औँ कृति ‘लालस’ आउँदै

मंगलबार, १८ कार्तिक, २०७७
डिजिटल संस्करण

कवि तथा आख्यानकार भुवनहरि सिग्देलकोे उपन्यास ‘लालस’ चाँडै नै बजारमा आउने भएको छ । ‘लालस’ आख्यानको हिसाबमा भुवनहरिको नवौँ कृति हो भने उनीद्वारा लेखिएको ३५औँ कृति हो । यसअघि उनका ‘आमोई’, ‘सारंगी’, ‘रमिलानानी’, ‘जदौ मालिक’, ‘उर्मिला’, ‘रामदाइ’लगायत पुस्तक प्रकाशित छन् । 

२५ वर्षदेखि निरन्तर साहित्य साधनामा रहेका भुवनहरि कथावस्तु भेटिए एकै महिनामा आख्यान लेखिसक्ने दाबी गर्छन् । उनी भन्छन्, ‘मनपर्ने विषषयवस्तु पाए मलाई लेख्न समय लाग्दैन ।’ उनी ऐतिहासिक सन्दर्भ र तथ्यहरूका आधारमा जीवनीमूलक साहित्यको सिर्जना गर्न रुचाउँछन् । सिग्देलमा यथार्थपरक विषयको छनौट, केन्द्रीयस्तरमा स्वच्छन्दतावादी भावधारा र मावतावादी वैचारिकताको अभिव्यञ्जना गर्ने प्रकृति पाइन्छ ।

शिखा बुक्सले प्रकाशन गरेको उपन्यास ‘लालस’को मूल्य ४२५ रुपैयाँ रहेको छ भने कृति २५ कात्तिकबाट देशभरका प्रमुख सहरहरूमा उपलब्ध हुने प्रकाशकले जनाएको छ । 
 

सुझावित समाचार