बालिका र युवतीलाई बलात्कार गरेको आरोपमा तीनजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । १३ कात्तिकमा मोरङ बेलबारी नगरपालिका– १ स्थित जंगलमा १४ वर्षीया बालिका बलात्कार गर्ने बेलबारी नगरपालिका– ३ का २१ वर्षीय सुकमान तामाङ र ५० वर्षीय चक्रबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी १३ कात्तिककै दिन मोरङको ग्रामथान गाउँपालिका– १ लखन्तरीमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सोही गाउँपालिका– २ बस्ने ४० वर्षीय जुमेश सरदार पनि पक्राउ परेका छन् ।
सबैलाई जबर्जस्ती करणीअन्तर्गत अदालतमा म्याद थप गरेर अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।