छिमेकी बंगलादेशमा कोभिडको परीक्षण र उपचार निःशुल्क, भारतका धेरै राज्यमा पनि निःशुल्क

सोमबार, १७ कार्तिक, २०७७
डिजिटल संस्करण

भारतमा सरकारी अस्पतालहरूमा कोरोना टेस्ट तथा उपचारको शुल्क पूर्ण रूपमा सरकारले व्यहोर्दै आएको छ । आयुष्मान भारत प्रधानमन्त्री जनआरोग्य योजनाअन्तर्गतका निजी अस्पतालमा हुने उपचार पनि निःशुल्क हुँदै आएको छ । योजना भारतको बृहत् स्वास्थ्य बिमा कार्यक्रम हो । 

कतिपय राज्यमा निजी अस्पतालको शुल्कसमेत सरकारले नै व्यहोर्ने निर्णय भएको छ । भारतको बिहार राज्यले गत मार्चमै कोभिड– १९ को सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्णय गरेको थियो । त्यति मात्रै होइन, कोरोनाबाट बिरामीको मृत्यु भए परिवारलाई चार लाख भारु राहत पनि दिने निर्णय राज्य सरकारले गरेको थियो । 

त्यस्तै, कर्नाटक राज्यले पनि निजी अस्पतालमा हुने कोरोना उपचारको खर्च सरकारले व्यहोर्ने निर्णय गरिसकेको छ । सरकारी अस्पतालले रिफर गरेको बिरामीको उपचार खर्च राज्य सरकारले व्यहोर्ने निर्णय गरिएको हो । तर, दिल्लीलगायत कतिपय स्थानमा भने बिमा नहुने बिरामीले निजी अस्पतालमा उपचार गर्दा ठूलो मात्रामा खर्च हुने गरेको छ । भारतमा सरकारले निजी अस्पताललाई कोरोना उपचारको शुल्कको सीमा तोकिदिएको छ । 

बंगलादेशमा पनि सरकारी अस्पतालमा मात्रै होइन, निजी क्षेत्रका अस्पतालमा समेत कोरोना उपचारको खर्च सरकारले व्यहोरिरहेको छ । डाक्टर तथा अन्य स्वास्थ्यकर्मीको तलबलगायत निजी अस्पतालको सञ्चालन खर्च सरकारले व्यहोर्ने र निजी अस्पतालले कोरोनाका बिरामीको निःशुल्क उपचार गर्नुपर्ने निर्णय त्यहाँको सरकारले गरेको छ । 

सुझावित समाचार