कोरोना मिटर : आज थपिए २८ सय २४ संक्रमित, ३६ सय २० जना निको भए

आइतबार, १६ कार्तिक, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर थप २८ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यो अवधिमा १३ हजार २३ जनाको नमुना परीक्षण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म देशभर संक्रमित हुनेको संख्या एक लाख ७३ हजार पाँच सय ६७ पुगेको छ ।

त्यसैगरी आज ३६ सय २० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म एक लाख ३४ हजार आठ सय ४२ जना संक्रमित निको भइसकेका छन् ।

मन्त्रालयका अनुसार निको हुने प्रतिशत ७७.७ छ ।

हाल सक्रिय संक्रमित ३७ हजार सात सय ६५ जना छन् । संक्रमितमध्ये दुई सय ८३ जनाको आइसियू र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

See More On

सुझावित समाचार