अमेरिकामा कोरोना संक्रमणबाट दुई लाख ३० हजारभन्दा बढीको मृत्यु

आइतबार, १६ कार्तिक, २०७७
डिजिटल संस्करण

कोरोना भाइरस महामारीबाट सबैभन्दा बढी असर परेको संयुक्त राज्य अमेरिकामा दुई लाख ३० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्यांकमा अमेरिकामा कोरोना संक्रमितको संख्या ९० लाख ९१ हजार पुगेको छ । 

विश्व स्वास्थ्य संगठनले गत ११ मार्चमा कोरोना भाइरसलाई विश्वव्यापी महामारीका रूपमा घोषणा गरेको थियो । आइतबार अपराह्नसम्मको विवरणअनुसार विश्वभर कोरोना संक्रमितको संख्या चार करोड ६४ लाख पुगिसकेको छ भने मृत्यु हुने व्यक्तिको संख्या १२ लाख नाघेको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार अझै पनि करिब ८५ हजार व्यक्तिको स्वास्थ्य अवस्था निकै गम्भीर छ । तीन करोड ३५ लाख संक्रमणमुक्त भइसकेको र एक करोड १६ लाख व्यक्तिमा सामान्य किसिमको संक्रमण देखिएको संगठनले जनाएको छ । 
 

सुझावित समाचार