कोरोना संक्रमित एक पुरुषको धरानमा निधन

आइतबार, १६ कार्तिक, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमित एक पुरुषको धरानमा निधन भएको छ ।

६९ वर्षीय पुरुषको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार अस्पतालमा निधन भएको अस्पतालका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । 

धरान– ९ का उनी अघिदेखि नै उच्च रक्तचापबाट पीडित रहेको पनि उनले जनाएका छन् । 

निधन भएका ती व्यक्तिमा शनिबार कोरोना पजिटिभ देखिएको थियो । 

मृतकको शव नियमअनुसार व्यवस्थापन हुने डा. श्रेष्ठले जानकारी दिए । 

सम्पादकको रोजाइ

सुझावित समाचार