हालसम्म ४३ हजार पाँच सय गैरआवासीय नेपालीमा कोरोना संक्रमण

आइतबार, १६ कार्तिक, २०७७
डिजिटल संस्करण

हालसम्म विश्वका विभिन्न ४२ देशमा रहेका ४३ हजार पाँच सय ६९ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भएको छ । 
ती मध्ये ३९ हजार पाँच सय ६५ जना अर्थात् ९२ प्रतिशत गैरआवासीय नेपालीमा कोरोना निको भइसकेको गैरआवासीय नेपाली संघ जनाएको छ । 

अहिलेसम्म १९ देशमा कोरोना संक्रमणबाट दुई सय ८४ जना गैरआवासीय नेपालीको निधन भएको संघले जनाएको छ । 

यो पछिल्लो साता नाै सय ६३ जना गैरआवासीय नेपालीमा कोरोना संक्रमण भएको जनाइएको छ । जसमध्ये चार सय ५० जना नेपाली रोमानियमा रहेकाहरू हुन् । 

संघका अनुसार यस साता रोमानिया, पोल्यान्ड, स्पेन, कतार, क्यानडा, बेलायतमा रहेका गैरआवासीय नेपालीमा कोरोना संक्रमण भएको हो । 

सम्पादकको रोजाइ

सुझावित समाचार