गण्डकी प्रदेशमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आइतबार बिहान सार्वजनिक गरेको विज्ञप्तिअनुसार थपिएका संक्रमितमध्ये कास्कीका ३८, तनहुँका ११ र गोरखाका पाँचजना छन् ।
यस्तै बाग्लुङमा तीन, लमजुङमा दुई, नवलपुरमा दुई र स्याङ्जामा एकजनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएकाे छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या सात हजार तीन सय ७८ पुगेको छ ।