मेयरलाई कोरोना भएपछि नारायण नगरपालिका बन्द

आइतबार, १६ कार्तिक, २०७७
डिजिटल संस्करण

मेयरसहित १२ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि दैलेखको नारायण नगरपालिकाका सबै कामकाज बन्द गरिएको छ । दुई दिन लगातार कोरोना संक्रमण देखिएपछि एक साताका लागि नगरपालिकाको कामकाज बन्द गरिएको हो ।

बिहीबार मेयर रत्नबहादुर खड्कासहित १२ जना र शुक्रबार वडा नंं. १ का कार्यालय सचिवलगायत अन्य कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमणबाट नागरिकलाई जोगाउन नगरका ११ वटै वडाको कामकाज आइतबारदेखि एक सतासम्म बन्द गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत रेशम बुढाले बताए । केही दिनयता वडा कार्यालय र नगरपालिका कार्यालयका कर्मचारीसँगै जनप्रतिनिधिलाई कोरोना संक्रमण देखिएको छ । 

जनप्रतिनिधि र कर्मचारीमार्फत समुदायसम्म संक्रमण फैलन सक्ने भएकाले सेवा बन्द गर्नुपरेको नगरपालिकाले जनाएको छ । यससँगै नगरवासीलाई सुरक्षित रहन अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन नगरपालिकाले अनुरोध गरेको छ । 

सम्पादकको रोजाइ

सुझावित समाचार