पूर्वी नवलपरासीमा कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेका दुईजनाको निधन भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय प्रमुख केशव चापागाईंका अनुसार कावासोती नगरपालिकानिवासी ६७ वर्षीय पुरुषको होम आइसोलेसनमा शनिबार बिहान घरमै निधन भएको हो ।
कात्तिक १३ मा कोरोना संक्रमण पुष्टि भएका उनी घरकै आइसोलेसनमा उपचाररत थिए ।
त्यसैगरी गैँडाकोट नगरपालिकानिवासी ७७ वर्षीया महिलाको पनि होम आइसोलेसनमा निधन भएको छ । उनीहरू दुवैजनाको उपचार हुन नसकेर मृत्यु भएको आफन्तले दाबी गरेका छन् ।
उनीहरूको सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा घरपरिवारले नै दाहसंस्कार गर्ने जनाइएको छ ।
नवलपुरमा पछिल्लो समय होम आइसोलेसनमा रहेका कोरोना संक्रमितले ज्यान गुमाएका छन् । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।