आज विश्व सहर दिवस मनाइँदै

शनिबार, १५ कार्तिक, २०७७
डिजिटल संस्करण

समृद्धि र सुखी जीवनको आधार : हाम्रा समुदाय र सहर’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व सहर दिवस २०२० मनाइँदै छ । सहरी विकास मन्त्रालयले वर्षभरि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै आएको छ । 

यस वर्ष कोभिड– १९ का कारण विश्व सहर दिवसको मूल समारोह प्रत्यक्ष रूपमा आयोजना गर्न नसकिए पनि भर्चुअल माध्यमबाट सम्पन्न गरिँदै छ । यस अवसरमा सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आज सबैमा शुभकामना दिँदै  विकासको मुख्य आधार योजनाबद्ध सहरीकरण भएकामा जोड दिएका छन् ।  

सुझावित समाचार