प्रशिक्षणमा रहेका पाँच फुुटबल खेलाडीमा कोरोना संक्रमण

शुक्रबार, १४ कार्तिक, २०७७
डिजिटल संस्करण

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि बोलाइएका ३४ खेलाडीमध्ये पाँच खेलाडीमा संक्रमण पुष्टि भएको छ ।

मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघले प्रारम्भिक चरणका लागि बोलाएका पाँच खेलाडीमा कोरोना पुष्टि भएको एन्फाले जनाएको हो । तर, खेलाडीको नाम भने सार्वजनिक गरिएको छैन ।

प्रशिक्षणको पहिलो दिन चारजना खेलाडीमा कोरोना देखिएकोमा फेरि शुक्रबार थप एकजना खेलाडीमा कोरोना पजिटिभ देखिएको टोलीका व्यवस्थापक मधुसूदन उपाध्यायले जानकारी दिए । 

अहिले  पाँचैजना आइसोलेसनमा रहेका छन् ।

मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक बालगोपाल महर्जनले टोलीलाई अभ्यास गराइरहेका छन् । 

गत चैतमा सरकारले लकडाउनको घोषणा गरेसँग खेलकुद क्षेत्र ठप्प भएका थियो जसमा फुटबल पनि परेको थियो ।

दक्षिण एसियाली मुलुक बंगलादेशले दुई मैत्रीपूर्ण खेलका लागि नेपाललाई प्रस्ताव गरे पनि सरकारको अनुमति नपाएपछि एन्फाले कुनै निर्णय लिन सकेको थिएन ।

तर, सरकारले दसैँलगत्तै प्रशिक्षणको अनुमति दिएसँगै एन्फाले बिहीबारबाट प्रशिक्षण आरम्भ गरेको हो । खेल कात्तिक २८ र मंसिर २ गतेका लागि तय भएका छन् ।

सुझावित समाचार