दिल्लीमा पहिलोपटक एकैदिन पाँच हजारभन्दा बढी संक्रमित फेला

बिहिबार, १३ कार्तिक, २०७७
डिजिटल संस्करण

भारतको राजधानी नयाँदिल्लीमा बुधाबार एक दिनमै पाँच हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । देशभर कोरोना संक्रमितको ग्राफ ओरालो लागे पनि राजधानी दिल्लीमै भने केही सयमयता संक्रमितहरू बढेका छन् ।

स्वास्थ्य विभागद्वारा जारी तथ्यांकअनुसार दिल्लीमा बुधबार पाँच हजार ६ सय ७३ जना नयाँ संक्रमित थपिएका छन् । योसहित दिल्लीमा मात्रै कोरोना संक्रमितको संख्या तीन लाख ७० हजार १४ पुगेको छ । यसअघि मंगलबार दिल्लीमा चार हजार आठ सय ५३ संक्रमित थपिएका थिए । 

दिल्ली सरकारद्वारा जारी तथ्यांकअनुसार दिल्लीमा मात्रै बुधाबार कोरोना संक्रमणबाट ४० जनाको ज्यान गएको छ । योसहित दिल्लीमा कोरोनाका कारण ज्यान गुमाउने ६ हजार तीन सय ९६ पुगेका छन् । 
 

सुझावित समाचार