गोरखाका २५ जनासहित गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ ।
गोरखाका संक्रमित हुनेमा अजिरकोटका ६ जना, पालुङटारका सातजना र गोरखाका १२ जना रहेका छन् ।
म्याग्दीमा पाँचजना संक्रमित थपिएका छन् । म्याग्दीका संक्रमितमा रहुगंगा जलविद्युत् आयोजनामा कार्यरत तीनजना, नेपाल प्रहरीमा कार्यरत एकजना र बेनी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी एकजना छन् ।
कास्कीमा नाैजना संक्रमित थपिएका छन् । पोखरा महानगरका चारजना, रूपा गाउँपालिका दुई र अन्नपूर्ण गाउँपालिकाका तीनजना संक्रमित थपिएका छन् ।
तनहुँका ६ जना संक्रमित थपिएका छन् । उनीहरू सबै ऋषिङका हुन् ।
पर्वतका दुईजना संक्रमित थपिएका छन् । पर्वतमा थपिएका दुवैजना मोदीका हुन् ।
बिहीबार थपिएकासहित गण्डकी प्रदेशमा ६ हजार नाै सय ८० जना संक्रमित भएका छन् ।