फ्रान्समा देशव्यापी लकडाउन : कोरोना संक्रमण रोक्न फ्रान्सका राष्ट्रपति म्याक्रोनद्वारा लकडाउन घोषणा

बिहिबार, १३ कार्तिक, २०७७
डिजिटल संस्करण

फ्रान्समा दोस्रोपटक देशव्यापी लकडाउन घोषणा गरिएको छ । 

फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले दोस्रोपटक देशव्यापी लकडाउन घोषणा गरेका हुन् । यो लकडाउन कम्तीमा पनि आउँदो महिना नोभेम्बरको अन्तसम्म रहने जनाइएको छ ।

राष्ट्रपति म्याक्रोनले यस नयाँ नियमअनुसार आउँदो शुक्रबारदेखि औषधाेपचारका लागि बाहेक मानिसलाई घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाइएको बताए । 

अत्यावश्यक सेवाभित्र नपर्ने जस्तै रेस्टुरेन्ट, बारलगायतका क्षेत्र बन्द रहने, तर विद्यालय र उद्योग कलकारखानाहरू भने खुला रहने बिबिसी विश्व सेवाले जनाएको छ ।

गत अप्रिलदेखि नै फ्रान्समा कोरोना संक्रमणका कारण भएको मृत्युदर उच्च रहेपछि यस्तो निर्णय लिइएको जनाइएको छ । गत मंगलबार ३३ हजार नयाँ कोरोना संक्रमणका केस पुष्टि भएको छ ।

राष्ट्रपति म्याक्रोनले देशमा देखिएको दोस्रो संक्रमणको वेब पहिलो संक्रमणको दरभन्दा अवश्य कठिन हुने बताएका छन् ।

सुझावित समाचार