डडेल्धुरामा बेवारिसे शव फेला

बुधबार, १२ कार्तिक, २०७७
डिजिटल संस्करण

डडेल्धुरामा बुधबार बेवारिसे शव फेला परेको छ । 

जिल्लाको अमरगढी नगरपालिका– १० सिमरोडा खोलास्थित पानी जमेको खाल्टोमा आन्दाजी ६० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएकाे छ । 

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । पाेस्टमार्टमका लागि मृतककाे शव डडेल्धुरा अस्पतालमा राखिएको छ । 

डडेल्धुरा प्रहरीले मृतकको हलिया विवरण सार्वजनिक गर्दै उनका आफन्तसम्म यो खबर पुऱ्याउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

सुझावित समाचार