बागमती प्रदेश प्रमुखलाई कोरोना संक्रमण

बुधबार, १२ कार्तिक, २०७७
डिजिटल संस्करण

बागमती प्रदेश प्रमुख विष्णु प्रसाईंलाई कोभिड– १९ को संक्रमण पुष्टि भएको छ । उनले मंगलबार  पिसिआर रिपोर्ट पजिटिभ आएको बताए ।  उनी प्रदेश प्रमुखको कार्यालय हेटौँडाबाट दसैँमा  झापाको मेचीनगरस्थित घर आएका थिए । 

विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउनेजस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।  हाल घरमै आइसोलेसनमा रहेका उनका  छोरा राजेशलाई पनि कोभिड– १९ को संक्रमण पुष्टि भएको छ । 

सुझावित समाचार