स्याङ्जाका १२ सहित गण्डकीमा थप २३ जनामा कोरोना संक्रमण

बुधबार, १२ कार्तिक, २०७७
डिजिटल संस्करण

स्याङ्जाका १२ जनासहित गण्डकी प्रदेशमा बुधबार बिहान थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जामा संक्रमित हुनेमा चापाकोटका आठ र गल्याङका चारजना छन् । 

कास्कीमा सातजना संक्रमित थपिएका छन् । थपिएका सबै पोखरा महानगरका हुन् । त्यसैगरी गोरखामा दुईजना, मुस्ताङ र तनहुँमा एक–एक जना संक्रमित थपिएकाे प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ । 

निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माका अनुसार बुधबार बिहान थपिएकासहित संक्रमितको संख्या ६ हजार आठ सय १३ पुगेको छ । 

सुझावित समाचार