तनहुँका कोरोना संक्रमितको पोखरामा निधन

सोमबार, १० कार्तिक, २०७७
डिजिटल संस्करण

तनहुँको शुक्लागण्डकी नगरपालिकानिवासी एक कोरोना संक्रमितको पोखरामा उपचारका क्रममा निधन भएको छ । मृत्यु हुनेमा ५० वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए । 

ती पुरुषमा कात्तिक ८ मा कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई निमोनिया भएको अस्पतालले जनाएको छ । 

योसँगै तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ। 

सुझावित समाचार