अविवाहित र एकल पुरुषलाई पनि मासिक भत्ता

शुक्रबार, ७ कार्तिक, २०७७
डिजिटल संस्करण

ताप्लेजुङको फुङलिङ नगरपालिकाले विगत दुई वर्षदेखि अविवाहित र एकल पुरुषलाई पनि मासिक भत्ता दिँदै आएको छ ।

सो नगरपालिकाले एकल पुरुष र अविवाहित ७६ जनालाई मासिक रु एक हजारको दरले नगरपालिकाको अन्तरिक स्रोतबाट मासिक भत्ता दिदै आएको फुङलिङ नगरपालिकाका उपमेयर तारा भट्टराईले बताए । 

६० वर्ष पूरा भएका ७० वर्ष नकाटेको एकल पुरुषलाई समाजिक सुरक्षा भत्ता दिँदै आएको फुङ्लिङ नगरपालिकाका प्रवक्ता महोन न्यौपानेले जानकारी दिए । 

सुझावित समाचार