पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु

बुधबार, ५ कार्तिक, २०७७
डिजिटल संस्करण

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा थप एकजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।  म्याग्दीको धौलागिरि गाउँपालिका– ७ का ८५ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएकाे हो । 

कोभिड उपचार केन्द्रको आइसियूमा उनको उपचार भइरहेकोमा गएराति ८ बजेर २५ मिनेट जाँदा उनको मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।

कोरोना संक्रमण पुष्टि भएपछि उनलाई असोज २९ गते अस्पताल भर्ना गरिएको थियो । पुरुषमा अन्य दीर्घरोग पनि भएको अस्पतालले जनाएको छ ।   क्षेत्रीय अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु हुने उनी पन्ध्रौँ संक्रमित रहेको अस्पतालले जनाएको छ । 

उनीसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ । यसअघि मंगलबार नै पोखराका ४४ वर्षीय पुरुषको उपचारको क्रममा ज्यान गुमेको थियो । 
 

सुझावित समाचार