कोरोना संक्रमित एक पुरुषको धरानमा निधन

मंगलबार, ४ कार्तिक, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमित एक पुरुषको धरानमा निधन भएको छ ।

इटहरी ठेगाना भएका ५६ वर्षीय कोरोना संक्रमित पुरुषको धरानस्थिति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार अस्पतालमा निधन भएको हो । 

उनमा यही कात्तिक १ गते कोरोना पजिटिभ भएको र उनको ३ गते सोमबार राति साढे ९ बजे निधन भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । 

मृतकको शव व्यवस्थापन नियमअनुसार हुने उनकाे भनाइ छ ।

सुझावित समाचार