पोखरामा थप एक कोरोना संक्रमित महिलाको निधन

आइतबार, २ कार्तिक, २०७७
डिजिटल संस्करण

पोखराका थप एक कोरोना संक्रमितको निधन भएको छ । 

चरक मेमोरिएल अस्पतालमा उपचाररत ७० वर्षीया महिलाको उपचारको क्रममा निधन भएको हो । 

पोखरा– ९ की ती महिलामा उच्च रक्तचाप र निमोनियालगायतको समस्या रहेको अस्पतालले जानकारी दिएको छ । 

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।

सुझावित समाचार