इटहरीका एक संक्रमितको बिपी प्रतिष्ठानमा मृत्यु

आइतबार, २ कार्तिक, २०७७
डिजिटल संस्करण

इटहरीका एक कोरोना संक्रमितको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार इटहरी- १ का ७९ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको हो ।

असोज २६ गते उनमा कोभिड पुष्टि भएको थियो । २७ गते उनी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए ।  उनी मुटु र मधुमेहका बिरामी रहेको अस्पतालले जनाएको छ ।
 

See More On

सुझावित समाचार