चितवनकाे खैरहनी नगरपालिका– १२ का वडासदस्य ४९ वर्षीय बद्रीबहादुर पाण्डेको कोरोना संक्रमणबाट निधन भएको छ ।
भरतपुर अस्पतालमा उपचारका क्रममा वडासदस्य पाण्डेको गएराति मृत्यु भएको अस्पतालले जनाएको छ । उनी क्यान्सरबाट समेत पीडित थिए ।
अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार उनको असोज २८ मा कोरोना संक्रमण पुष्टि भएको थियो । खोकी र श्वासप्रश्वासमा समस्या रहेको उनको क्यान्सरको तेस्रो केमो चलिरहेको अवस्थामा मृत्यु भएको हो ।
अस्पतालको कोभिड सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी उनको उपचार भइरहेको थियो । काङ्ग्रेसबाट गएको स्थानीय तहको निर्वाचनमा विजयी भएका थिए । कांग्रेस चितवनका जिल्ला सभापति जितनारायण श्रेष्ठले पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
यसअघि जिल्लाकै भरतपुर महानगरपालिका– २० का निर्वाचित वडाध्यक्षको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।