कोरोनाबाट कर्णालीमा दुईको निधन

शुक्रबार, ३० असोज, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमणबाट कर्णालीमा शुक्रबार दुईजनाको निधन भएको छ । रुकुमपश्चिम चौरजहारी नगरपालिकाका ३३ वर्षीय पुरुष र सुर्खेत गुर्भाकोट नगरपालिकाका २२ वर्षीय पुरुषको मृत्यु भएको हो । 

चौरजहारी नगरपालिकाका पुरुषको कोहलपुर मेडिकल कलेज बाँकेमा शुक्रबार बिहान निधन भएको अस्पतालले जनाएकाे छ । 

स्वास्थ्यमा समस्या देखिएपछि असोज २१ मा उनी अस्पताल भर्ना भएका थिए ।अस्पताल भर्ना भएकाे एक दिनपछि उनमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोतव्यक्ति नरेश श्रेष्ठका बताए  । 

शिक्षण अस्पतालको कोरोना आइसोलेसन वार्डमा भर्ना गरेर रोगको प्रकृतिअनुसार सबै प्रकारका आवश्यक उपचार गरिए पनि स्वास्थ्यअवस्थामा सुधार नआई उपचारकै क्रममा बिरामीको मृत्यु भएको स्रोतव्यक्ति श्रेष्ठले बताए ।  

यस्तै, सुर्खेत गुर्भाकोट नगरपालिकाका पुरुष भने असोज २८ मा घरमै शौचालय गएको वेला बेहोस भएर ढलेका थिए ।  उनलाई तत्काल प्रदेश अस्पताल लगिएकाे थियाे ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार मृतककाे फोक्सोमा हावा भरिएको र कोरोना परीक्षण गर्दा पजिटिभ देखिएकाे थियाे । उनकाे पनि शुक्रबार बिहान उपचारका  क्रममा निधन भएकाे हाे । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।    

सुझावित समाचार