गण्डकीमा थप ७८ जनामा कोरोना संक्रमण

शुक्रबार, ३० असोज, २०७७
डिजिटल संस्करण

गण्डकी प्रदेशमा संक्रमित हुनेको संख्या पाँच हजार चार सय ३४ पुग्याे

गण्डकी प्रदेशमा शुक्रबार बिहान थप ७८ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिएका संक्रमितमा नवलपुरका सबैभन्दा धेरै छन् । नवलपुरमा मात्रै ३८ संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । जसमध्ये देवचुलीका  १३, गैँडाकोटका १८ र कावासोतीका सातजना रहेका छन् । 

यसैगरी अन्य संक्रमित हुनेहरूमा कास्कीका १९, बाग्लुङका सात, तनहुँका ६, गोरखाका पाँच र लमजुङका तीनजना रहेकाे निर्देशनालयले जनाएकाे छ । 

योसँगै गण्डकी प्रदेशमा संक्रमित हुनेको संख्या पाँच हजार चार सय ३४ पुगेको छ । गण्डकी प्रदेशमा बिहीबार मात्रै अहिलेसम्मकै सबैभन्दा धेरै एक सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

सुझावित समाचार