पोखरा महानगरपालिकाका अत्यावश्यकबाहेकका सेवा बन्द

बिहिबार, २९ असोज, २०७७
डिजिटल संस्करण

पोखरा महानगरपालिकाले अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरेको छ । 

कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिएको मेयर मानबहादुर जिसीले जानकारी दिए ।

कर्मचारीमा कोरोना देखिएपछि स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै अन्य कर्मचारी पनि कार्यस्थलमा खटिन नसक्ने भएपछि सेवा अनिश्चितकालका लागि बन्द गर्नुपरेको उनले बताए ।

महानगरका पदाधिकारी पनि कन्ट्याक्ट ट्रेसिङमा परेका कारण भेटघाट तथा बैठकहरूसमेत अर्को सूचना नभएसम्मका लागि स्थगित भएको मेयर जिसीले सूचनामा उल्लेख गरेका छन् । 

पोखरा महानगर कार्यालयका एक सवारीचालकमा कोरोना संक्रमण पुष्टि भएको र केही कर्मचारीमा समेत लक्ष्यण देखिएपछि बुधबार नै स्वाब संकलन गरिएको महानगरको स्वास्थ्य महाशाखाले जानकारी दिएको छ । 

महानगरका ३३ वटै वडा र अन्य विषयगत कार्यालय भने खुला रहनेछन् ।

सुझावित समाचार