सांसद निरुदेवी पाललाई कोरोना संक्रमण भएको छ । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिकी सभापतिसमेत रहेकी उनले कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएकी हुन् ।
सामाजिक सञ्जालमार्फत उनले आफ्नो सम्पर्कमा रहेका व्यक्तिलाई सावधानी अपनाउनसमेत आग्रह गरेकी छिन् । पालले भनेकी छिन्, मलाई पनि कोरोनाले छाडेन । कसरी लाग्यो थाहा भएन । हल्का ज्वरो, सास फेर्न गाह्राे र जिउ मर्नेगरी दुखेपछि स्वाब दिँदा पजिटिभ देखियो।