अमेरिकी ब्रान्ड जिपको आधिकारिक विक्रेता एमएडब्लू लाइफले ९–स्पिड डिजेल अटोमेटिक ट्रान्समिसन भएको नयाँ कम्पास भेरियन्ट सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ कम्पास लिमिटेड प्लस डिजेल अटोमेटिक ‘एजायल, क्विक र पावरफुल एसयुभी’ हो ।
अल ह्विल ड्राइभ भएको यसमा बिएस६ कम्प्लायन्ट २.० लिटरको ४ बाई ४ डिजेल अटोमेटिक इन्जिन रहेको जनाइएको छ । यसले अधिकतम १७३ पिएस पावर र ३५० एनएम टर्क उत्पन्न गर्ने कम्पनीको दाबी छ । विकट भौगोलिक बनोट भएको अफरोडदेखि घना बस्ती भएको सहरी क्षेत्रका सडकमा हुने भिडभाड, खाल्डाखुल्डी, ट्राफिक जाममा समेत यसले आरामदायी यात्राको अनुभव गराउने कम्पनीले जनाएको छ ।
विशेषता
यसमा क्र्युज कन्ट्रोल, ड्युअल पेन पानोरामिक सनरुफ, प्लस लेदर इन्टेरियर, भ्वाइस कन्ट्रोलसहितको ८.४ इन्च यू कनेक्ट इन्फोटेनमेन्ट सिस्टम, ८ वे पावर्ड ड्राइभर सिट रहेको छ । त्यस्तै, अटो हेडल्याप्म, रेन सेन्सिङ वाइपर, अटोडिमिङ आइआरभिएम, १८ इन्चको एलोई ह्विल र ६ वटा एयर ब्याग रहेको कम्पनीले जनाएको छ ।
प्यासिभ इन्ट्री, पुस–बटन स्टार्ट, डुअल जोन एअर कन्डिसनिङ, टू–टोन इन्टेरियर यसको थप विशेषता भएको कम्पनीको भनाइ छ । यसको सेलेक टेरेनमा अटो, स्यान्ड, मड र स्नोसहित अल ह्विल ड्राइभ सिस्टम पनि रहेको छ । यो गाडीको मूल्य १ करोड १८ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।
एमएडब्लू लाइफका बिजनेस हेड जोजु जोस थट्टिलले जिप कम्पासको रेन्जलाई अझ बलियो र व्यापक बनाउन डिजेल अटोमेटिक भेरियन्ट ल्याएको बताए । नयाँ कम्पासमा अहिले ग्राहकले खोज्ने सबै इलेक्ट्रिोनिक फिचरहरू रहेको उनको भनाइ थियो ।