पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता सुनीलबहादुर थापालाई कोरोना पुष्टि भएको छ । पाँच दिनदेखि लगातार ज्वरो आएका उनलाई कोरोना पुष्टि भएपछि चाबहिलस्थित ह्याम्स अस्पताल भर्ना गरिएको छ । पूर्वमन्त्री थापा, उनकी श्रीमती र चालकलाई कोरोना पोजेटिभ देखिएको हो ।
उनका छोरा सिद्धार्थ थापाका अनुसार परिवारका अरू सदस्यको स्वाब परीक्षण गर्दा नेगेटिभ देखिएको छ । ‘बुबालाई अस्पताल भर्ना गरेका छौँ, आमा लगभग स्वस्थ हुनुभएको छ,’ सिद्धार्थले नयाँ पत्रिकासँग भने, ‘हामी सबैको रिपोर्ट नेगेटिभ आयो । चालकलाई पनि कोरोना देखिएको छ ।’
पूर्वमन्त्री थापालाई निमोनिया देखिएको छ । पूर्वमन्त्री थापा यसबीचमा पार्टी कार्यक्रम तथा भेटघाटका क्रममा पटकपटक धनकुटा आउने–जाने गरेका थिए ।