भारतमा काेराेना भाइरसका सक्रिय संक्रमितकाे संख्या घट्याे

आइतबार, २५ असोज, २०७७
डिजिटल संस्करण

भारतमा आइतबारसम्म कोरोना भाइरस संक्रमित हुनेकाे संख्या ७० लाख नाघेको छ । 

संक्रमितमध्ये ६० लाख ७७ हजार नौ सय ७६ जना हालसम्म निको भइसकेका छन् । 

अहिले भारतमा आठ लाख ६७ हजार चार सय ६९ जना सक्रिय संक्रमित रहेका छन् । 

नौ दिनयता लगातार नयाँ संक्रमित फेला पर्नेभन्दा निको हुने ज्यादा भएकाले सक्रिय संक्रमितको संख्या घटेका हो । 

गत २४ घन्टाभित्र भारतमा थप ७४ हजार तीन सय ८३ जनामा संक्रमण देखिएको र कोरोनाबाट नौ सय १८ जनाको मृत्यु भएको छ । 

हालसम्म संक्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या एक लाख आठ हजार तीन सय ३४ पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ  ।

भारतमा अहिलेसम्म ८६ करोड आठ लाख ७७ हजार दुई सय ४२ जनाको कारोना परीक्षण भइसकेको भारतीय मेडिकल रिसर्च काउन्सिल (आइसिएमआर) ले जानकारी दिएको छ ।

सुझावित समाचार