कोरोना संक्रमित ७६ वर्षीया महिलाको निधन भएको छ । कोरोना संक्रमित सुर्खेत वीरेन्द्रनगर– १० की ती महिलाको निधन भएको हो ।
कोरोना संक्रमित रहेकी ती महिलाको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा आइतबार बिहान १० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ।
कोरोना संक्रमित महिलामा दमसँगै पेटबाट रगत बग्ने समस्या देखिएपछि कोरोना विशेष अस्पतालमा २१ असोजमा भर्ना गरिएको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताए ।
याेसँगै कर्णालीमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ११ पुगेको छ ।