होम आइसोलेसनमा रहेका संक्रमितको मृत्यु

शनिबार, २४ असोज, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका– २० माइली चोकका ६७ वर्षीय पुरुष रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार उनको शुक्रबार राति ९ बजे मृत्यु भएको हो । क्यान्सरका बिरामी उनको नियमित स्वास्थ्य परीक्षणका क्रममा असोज २१ गते स्वाब परीक्षणका लागि दिइएकोमा २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै जिल्लामा कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका पाँचजनाको मृत्यु भएको छ ।

योसँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार हालसम्म जिल्लामा दुई हजार पाँच सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये एक हजार पाँच सय ५३ जना निको भएर घर फर्किसकेका छन् ।रासस

सुझावित समाचार