बाँकेमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

शुक्रबार, २३ असोज, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाकाे मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१ की ८५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको हो । 

उपचारका क्रममा २२ गते बेलुका उनको मृत्यु भएको जनस्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । मृत्युपछि उनमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । उनलाई उपचारका लागि २१ असोजमा भेरी अस्पतालमा भर्ना गरिएको थियो । 
 

सुझावित समाचार