पोखरामा कोरोनाबाट थप एकको निधन

बिहिबार, २२ असोज, २०७७
डिजिटल संस्करण

पोखरामा कोरोना भाइरसको संक्रमणका कारण थप एकजनाको ज्यान गएको छ । पोखरा महानगरपालिका– १६ का ८३ वर्षीय पुरुषको उपचारका क्रममा ज्यान गएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ । 

गत १३ असोजमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । ज्यान गुमाउने पुरुष हाइपरटेन्सन, डाइबिटिज् तथा मिर्गाैलाको रोगबाट ग्रसित रहेकाे पोखरा स्वास्थय विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।


यस्तै आज पोखराका पाँचसहित गण्डकी प्रदेशमा थप ४६ जनामा कोरोना संक्रमण देखिएको छ । नयाँ थपिएका संक्रमितमध्ये नवलपुरका २७, बाग्लुङका १२ लमजुङ र तनहुँका एक–एकजना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले जारी दिए । 

अहिलेसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार चार सय ४७ पुगेको छ ।
 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार