सरकारले दियो सबै तहका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति

बुधबार, २१ असोज, २०७७
डिजिटल संस्करण

सरकारले सबै तहका परीक्षा लिनका लागि सम्बन्धित निकायहरूलाई सैद्धान्तिक सहमति दिएको छ । 

बुधबार मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सबै तहका परीक्षा सञ्चालनका लागि सैद्धान्तिक सहमति दिएको जानकारी दिए । 

यसरी परीक्षा सञ्चालन गर्दा सरकारले तोकेको सबै स्वास्थ्य सुरक्षाका मापदण्ड भने पालना गर्नुपर्ने पनि उनले जानकारी दिए । 

परिस्थिति र अवस्थाअनुसार परीक्षा सञ्चालन गर्न सकिने, तर स्वास्थ्य सुरक्षाका सबै मापदण्डलाई भने कडाइका साथ पालना गर्नुपर्ने उनले बताए । 

सुझावित समाचार