लमजुङमा तीन सय ५७ जनाले जिते कोरोना

बुधबार, २१ असोज, २०७७
डिजिटल संस्करण

लमजुङमा बुधबार आठजनाले कोरोना जितेसँगै कारोना जित्नेको संख्या तीन सय ५७ पुगेको छ । बुधबार काेराेना जित्नेमा आठजना पुरुष रहेको प्रशासनले जनाएको छ ।  उनीहरू सुन्दरबजारको लमजुङ कृषि क्याम्पस आइसोलेसनमा रहेका आठजना पुरुष भएको लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले बताए ।

लमजुङमा हालसम्म ८२ जना महिला र दुई सय ७५ पुरुष गरी तीन सय ५७ ले कोरोना जितेका छन् । जिल्लामा बुधबारसम्म कुल कोरोना संक्रमितको संख्या चार सय १२ पुगेको छ । अब १५ महिला र ४० पुरुष गरी ५५ जना संक्रमित आइसोलेसनमा छन् । 
 

सुझावित समाचार