कोरोनाबाट विश्वभर १० लाख ४१ हजारभन्दा बढीको मृत्यु

सोमबार, १९ असोज, २०७७
डिजिटल संस्करण

कोरोना भाइरस (कोभिड– १९) संक्रमणबाट विश्वचर मृत्यु हुनेको संख्या १० लाख ४१ हजार आठ सय ९३ पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमबारसम्ममा विश्वभर कोभिड– १९ संक्रमितको संख्या तीन करोड ५४ लाख ६ हजारभन्दा बढी भएको छ । 

कुल संक्रमितमध्ये दुई करोड ६६ लाख ३१ हजारभन्दा बढी निको भइसकेका छन् भने करिब ७७ लाख ३३ हजार मानिस सक्रिय संक्रमित छन् । विश्वभर अझै पनि ६६ हजारभन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल छ । कोरोना संक्रमणबाट संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ संक्रमितको संख्या पनि ७६ लाख ३६ नाघिसकेको छ । कोरोना संक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख १४ हजार ६ सय ११ जनाको मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई कोरोना भाइरस संक्रमण भएको छ । 

यस्तै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या एक लाख नाघेको छ । कोरोना संक्रमणमा तेस्रो स्थानमा रहेको ब्राजिलमा ४९ लाख १५ हजारभन्दा बढी व्यक्ति संक्रमित भएकामा एक लाख ४६ हजारको मृत्यु भएको छ । खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख १५ हजारभन्दा बढी संक्रमित रहेका छन् । यहाँ २१ हजार तीन सय ५८ जनाको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ ।  

 युरोपेली मुलुकहरू खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएको आकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धको घोषणा गर्न थालिएको छ । 

सुझावित समाचार