राप्रपा अध्यक्ष राणाद्वारा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सार्वजनिक गर्न माग

सोमबार, १९ असोज, २०७७
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो स्वास्थ्यस्थिति सार्वजनिक गर्न माग गरेका छन् । 

प्रधानमन्त्रीको स्वास्थ्य सार्वजनिक चासो र महत्वको विषय भएको जनाउँदै आइसोलनमा बस्नु पर्ने, नपर्नेबारे सरकारले औपचारिक जानकारी गराउन उपयुक्त हुने बताएका छन् । 

प्रधानमन्त्रीका निकट सहयोगी, सल्लाहकार तथा सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएपछि उनको अवस्थाबारे आम चासो बढेको छ । सरकार प्रमुखको स्वास्थ्य अवस्था सुुसूचित गर्ने विश्वव्यापी प्रचलन रहेको राणाले ट्विटरमार्फत उल्लेख छ ।  

उनले ट्विटरमा लेखेका छन्,‘प्रधानमन्त्री केपी ओलीका सल्लाहकार, स्वकीय सचिव, सुरक्षाकर्मीहरू कोरोना संक्रमित भएबाट प्रधानमन्त्री स्वयमको स्वास्थ्य स्थिति, आइसोलेसनमा बस्नु पर्ने नपर्ने भन्नेबारे सरकारको औपचारिक जानकारी सार्वजनिक भए उपयुक्त हुने थियो । विश्वव्यापी प्रचलन यस्तै छ ।’ 

प्रमको स्वास्थ्य सार्वजनिक चासो र महत्वको विषय हो। प्रम केपी ओलीका सल्लाहकार स्वकीय-सचिव सुरक्षाकर्मी कोरोना संक्रमित भएबाट प्रम स्वयमको स्वास्थ्य स्थिति, आइसोलेसनमा बस्नु पर्ने नपर्ने भन्नेबारे सरकारको औपचारिक जानकारी सार्वजनिक भए उपयुक्त हुने थियो। विश्वव्यापी प्रचलन यस्तै छ।

— Pashupati Shumshere (@PashupatiShams) October 5, 2020

सुझावित समाचार