कोरोना मिटर : आज थप २२ सय ५३ जनामा संक्रमण, सक्रिय संक्रमितको संख्या २२ हजार दुई सय १८ पुग्यो

आइतबार, १८ असोज, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर २२ सय ५३ जना नयाँ संक्रमित थपिएका छन् । 

यो अवधिमा १२ हजार सात सय ८४ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

आज थप भएकोसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ८६ हजार आठ सय २३ पुगेको छ ।

आज १३ सय २९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म ६४ हजार ६९ जना संक्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ । 

हाल सक्रिय संक्रमितको संख्या भने २२ हजार दुई सय १९ छ ।

संक्रमित निको हुने दर ७३.७ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । 

संस्थागत आइसोलेसनमा १० हजार तीन सय २६ र होम आइसोलेसनमा ११ हजार आठ सय ९३ जना रहेको मन्त्रालयले जनाएको छ ।

See More On

सुझावित समाचार